अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, मङ्सिर ७ गते
हास्य कलाकार भारती सिंहको घरमा भारतको नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले छापा मारेको छ।
भारतीय समाचार संस्था एएनआईका अनुसार एनसिबीले शनिबार बिहान उनको मुम्बईस्थित घरमा छापा मारेको हो।
उनको घरबाट केही मात्रामा औषधि पनि बरामद गरेको छ। यद्यपि ती लागुऔषध हुन् वा होइन भन्ने पुष्टि नभएको छ।
बलिउडका अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या पछि फिल्मी क्षेत्रमा लागू औषध प्रयोग हुने गरेको कुरा बाहिर आएका थिए।
यही मुद्दामा एनसिबीले यसअघि कलाकार अर्जुन रामपाल र फिल्म निर्माता फिरोज नाडियावालको घरमा पनि छापा मारेको थियो।