अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, मङ्सिर १४ गते
विश्वभर ६ करोड २५ लाखभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै ५ लाख ७१ हजार ६९८ जना संक्रमित भएका छन् । यो संगै विश्वभरमा ६ करोड २५ लाख ७३ हजार ४२२ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा ३ लाख ९२ हजार ७६३ जना संक्रमणमुक्त भएका छन् । यो संगै विश्वभरमा ४ करोड ३१ लाख ९४ हजार २५८ जनाले कोरोना भाइरसको संक्रमण जितेका छन् ।
पछिल्लो २४ घण्टामा मात्रै ९ हजार १९९ जनाको मृत्यु भएको छ । आइतबार बिहान यो समाचार तयार पार्दासम्म १४ लाख ५८ हजार ३०९ संक्रमितको मृत्यु भएको छ ।
हाल विश्वभर १ करोड ७९ लाख १६ हजार ७५३ जना उपचाररत छन् । यसमध्ये १ लाख ५ हजार २३८ जनाको अवस्था गम्भीर रहेको छ ।