अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर १६ गते
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पार्टी मुख्यालय धुम्बाराहीमा बस्दैछ । यसअघि प्रधानमन्त्रीको सरकारी निवासमा बस्दै आएको सचिवालय बैठक आज दिउँसो एक बजे धुम्बाराहीमा बस्ने तय भएको छ ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक-अर्काविरूद्ध अघि सारेका प्रस्तावमाथि छलफल गर्ने कार्यतालिका रहेको छ ।
अध्यक्ष एवं प्रधानमन्त्री ओली पक्षले अर्का अध्यक्ष प्रचण्डले ‘माफी माग्नुपर्ने’ बताइरहँदा प्रचण्ड पक्ष भने प्रधानमन्त्री ओली ‘सच्चिनुपर्ने’ अडान लिइरहेको छ । सचिवालय बैठकमा छलफल हुनुअघि नै दुवै पक्ष रणनीति बनाउन व्यस्त छन् ।
पहिलेजस्तो लामो नभए पनि टिपोटका रुपमा जवाफ आउनसक्ने सम्भावना छ । गएको कात्तिक २८ मा प्रचण्डले पेश गरेको डकुमेन्टको भने ओलीले मंसिर १३ मा लिखित जवाफ नै दिएका छन् । त्यसअघि पनि लिखित पत्रमार्फत् नै सवाल–जवाफ भएको थियो ।