अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर १९ गते
उदयपुरको कटारी नगरपालिका ८ स्थित सौर्य सिमेन्टको खानी क्षेत्रमा गए राति बम विस्फोट भएको छ भने चार जना घाइते भएका छन् ।
बम विस्फोटले उछिटिएको ढुंगा लागेर दुर्गा बहादुर तामांग,बिष्णु बहादुर मगर,शिब शंकर मोक्तांन,सागर मोक्तांन र नबीन मगर सहित ५ जना खानीमा काम गर्ने कामदार सामान्य घाइते भएका छन् ।

घाइतेको कटारी अस्पतालमा उपचार भैरहेको डिएसपी भण्डारीले जानकारी दिए। यस्तै बम विस्फोटले एउटा स्काईभेटर क्षति पुगेको छ भने मोटर सौर्य सीमेंटको कर्मचारीको एउटा साइकल समेत जलाएको प्रहरी स्रोतले जानकारी दिएको छ। । स्थानीयलाई उध्रित गर्दै ४ वटा बम विस्फोटको आवाज आएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कटारीका टोली घटनास्थल तर्फ गएको एसपीले बताए । बम विस्फोट कस्ले गराएको भन्ने अहिले कसैले जिम्मा लिएको छैन् । यस अघि पनि सौर्य सिमेन्टको ट्यांकर र स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको थियो ।
बम विस्फोटको घटना बारे थप विवरण आउन बाँकी रहेको छ ।