आज थप १,०५६जनामा कोरोना पुष्टि, कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ४४ हजार ४३३पुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर २४ गते।

आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप १,०५६ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या दुई लाख ४४ हजार ४३३पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

अहिलेसम्म निको हुनेको संख्या दुई लाख ३० हजार ५३७जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १४ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ६५१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *