दशरथचन्द नगरपालिकाका विद्यालय आइतबारदेखि खुल्ने

अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,मङ्सिर २७ गते।

बैतडीको दशरथचन्द नगरपालिकाका विद्यालय  आइतबारदेखि खुल्ने भएका छन् । यही मङ्सिर १२ गतेदेखि नगरपालिकाले गरेको लकडाउनका कारण विद्यालय बन्द रहेका थिए ।  

विद्यालय सञ्चालन गर्नका लागि नगरकार्यपलिकाको बैठकले निर्णय गरेको सो नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिए । उनले भने, “लामो समयदेखि विद्यालय बन्द रहँदा पठनपाठन कार्य प्रभावित भएकाले सञ्चालनको तयारी भएको हो ।” 
 
बैठकले विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ को परिधिभित्र रहेर नगरभित्रका सम्पूर्ण विद्यालय मङ्सिर २८ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको नगरपालिकाका शिक्षा संयोजक मोहन नाथले जानकारी दिए । 

उनले भने, “कोरोनाको सङ्क्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालनको तयारी गरेका छौँ ।” नियमितरुपमा विद्यालय सञ्चालन गर्ने र कुनै विद्यालयको सेवा क्षेत्रमा कोभिड– १९ को उच्च जोखिम देखिएमा वडा कार्यालयसँग समन्वय गरेर विद्यालय व्यवस्थापन समितिले बन्द गर्नसक्ने जनाइएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *