विश्वमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या १६ लाख नाघ्यो

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, मङ्सिर २७ गते ।

विश्वमा कोरोनाभाइरस अर्थात् कोभिड-१९ बाट मृत्यु हुनेको संख्या १६ लाख नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शनिबार बिहानसम्म कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या १६ लाख २ सय पुगेको छ ।

विश्वमा कोरोनाबाट संक्रमित हुनेको संख्या भने ७ करोड १३ लाख ९८ हजार ९९९ पुगेको छ ।

 कुल सङ्क्रमितमध्ये ४ करोड ९५ हजार ६८५ उपचारपछि घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ६ लाख ८१ हजार बढी नयाँ संक्रमित भेटिएका छन् भने १२ हजार १ सय २३ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *