अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर २७ गते।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई कोरोना संक्रमणको पुष्टि भएको छ।
शुक्रबार बिहान पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको फेसबुकमार्फत जानकारी गराएका छन् ।

उनले आफूमा कोरोनाका सामान्य लक्षण देखिएपछि दुई दिनदेखि सेल्फ आइसोलेसनमा बसेको र स्वाद र गन्ध आउने छाडेपछि परीक्षण गराएको बताएका छन्।
अहिले पनि आफू सबै स्वास्थ्य मापदण्ड अनुसरण गरी घरमै आइसोलेसनमा बसेको उनले बताएका छन्।