अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर २८ गते।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुकोआंशिक प्रभाव रहेको जनाएको छ ।
हाल प्रदेश नं १, ३ का केहि भू-भागमा आंशिक बदली रहेको छ ।
दिउँसो : प्रदेश नं १, ३, तथा सुदुर पश्चिम प्रदेशका केहि भूभागमा आंशिक बदली रहने छ।
राती: प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ । प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ।
तराईका अधिकांश भु-भागहरुमा बिहानीपख वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।