कैलाली बहुमुखी क्याम्पसले आइतबारदेखि कक्षा सञ्चालन गर्ने

अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,पुस ३ गते।

धनगढीमा अवस्थित कैलाली बहुमुखी क्याम्पसले पुस ५ गते आइतबार बाट पठनपाठन सञ्चालनमा ल्याउने भएको छ। 

कैलाली बहुमुखी क्याम्पसले बिहीबार जारी गरेको सार्वजनिक सूचना अनुसार कक्षा १२ को पठनपाठन बिहान ११ बजेदेखि हुने भएको छ  । भने स्नातकोत्तरतर्फका कक्षा दिउँसो र बिहानको समयमा पठनपाठन गराइने क्याम्पसले जनाएको छ। 

स्वास्थ्य सुरक्षाका मापदण्डको पालन गरी कक्षा ११ को पठनपाठन पुस ८ देखि र स्नातक तह पहिलो वर्षका कक्षा पुस १२ देखि सञ्चालन गरिने क्याम्पसले प्रशासनले जनाएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *