अनिश्चितकालनका लागि यातायात सेवा ठप्प गरेपछि धनगढी बस पार्क क्षेत्र तनावग्रस्त

अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,पुस ३ गते।

सुदूरपश्चिममा आजदेखि अनिश्चितकालिन यातायात सेवा ठप्प पारिएको छ ।

धनगढी बसपार्कमा शिवपुरी यातायात प्रा.लिले काउण्टर राखी यातायात सेवा सञ्चालन गरेपछि पुराना ६ वटा यातायात प्रा.लिले आजदेखि यातायात सेवा ठप्प पारेका हुन ।

यातायात प्रा.लिहरुबीच हुन सक्ने संभावित झडपको घट्ना हुन नदिन बसपार्क क्षेत्रमा सयौको संख्यामा प्रहरी परिचालन गरिएका छन् ।

बसपार्क क्षेत्रबाट यात्रुहरुलाई बाहिर निकालिएको छ । बसपार्क क्षेत्रभित्र बस सञ्चालक, कर्मचारी र प्रहरी मात्र छन् ।

जिल्ला प्रशासन कार्यालयले बस सेवा सञ्चालनका लागि यातायात प्रा.लिहरुलाई निर्देशन दिएपनि उनीहरुले अटेर गरेका छन् ।
डडेल्धुरामा केन्द्रीय कार्यालय रहेको शिवपुरी यातायात प्रा.लिले धनगढी बसपार्कमा काउण्टर राखी बस यातायात सेवा शुरु गरेपछि सो को बिरोधमा उत्रिएका पुराना ६ वटा यातायात प्रा.लिले आज लामो तथा छोटो दुरीमा कुनै पनि सवारी साधन चल्न दिएका छैनन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *