आज थप ७८२ जनामा कोरोना पुष्टि, कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ५२ हजार ४७४ पुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस ३ गते।

आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप ७८२ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या दुई लाख ५२ हजार ४७४पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

अहिलेसम्म निको हुनेको संख्या दुई लाख ४१ हजार ३९२जना स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १६ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म नेपालमा कोरोनाभाइरसबाट एक हजार ७६५ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *