सीसीसएमसीले बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरे

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस ८ गते।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति सीसीसएमसीले बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गठन गरेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति सीसीसएमसीको बैठकले बेलायतमा कोरोनाको नयाँ स्वरुपको संक्रमण देखिएको भन्दै बेलायतबाट नेपाल आउन रोक लगाउने निर्णय गरेको हो ।

बेलायतबाट यात्रा प्रस्थान गरि नेपाल आउने यात्रु र बेलायतमा ट्रान्जिट भइ नेपाल आउने यात्रुलाई अर्को सूचना नभएसम्मका लागि रोक लगाउने निर्णय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *