अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस १५ गते।
मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित भएको छ ।
प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् विस्तारलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ स्थगित भएको हो। रिट निवेदक अधिवक्ता लोकन्द्र ओलीका अनुसार रिटमाथिको सुनुवाइ भोलिलाई तोकिएको छ ।
गत पुस १३ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता लोकन्द्र ओली र अधिवक्ता केशरजंग केसीले रिट दर्ता गरेका थिए। उक्त रिटको पेशी आजको लागि तोकिएको थियो।