लागु औषध गाँजा सहित रौतहटबाट एकजना पक्राउ

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस २० गते।

रौतहटमा प्रतिबन्धित लागु औषध ५ किलो गाँजा सहित १ जना पक्राउ परेका छन ।
लागु औषध गाँजा सहित रौतहटको माधवनारायण नगरपालिका ९ गढो टोल घर भइ हाल चन्दपुर नगरपालिका ७ सुकुम्वासी टोल बस्ने कैलाश सहनीको २९ वर्षिय छोरा रामविश्वास सहनी पक्राउ परेका छन ।

प्रहरीका अनुसार ना ५६ प २६५५ नम्बरको निलो रंगको अपाचे मोटर साइकलमा सवार भएर गेडहीतर्फ आउँदै गरेका सहनीको शरीर तलासी गर्दा उनले पछाडी भिरेको कालो रंगको झोलाभित्र प्लाष्टिकमा पोका बनाइ राखेको अवस्थामा सो परिमाणको गाजा बरामद भएको हो ।

पक्राउ परेका सहनीलाई रौतहट जिल्ला अदालतबाट ७ दिनको म्याद गरि हिरासतमा राखेर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *