स्रोत नखुलेको एक करोडभन्दा बढी रुपैयाँसहित दुईजना काठमाडौंबाट पक्राउ

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस २० गते।

काठमाडौंको नागढुंगाबाट स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ परेका छन् ।

निजी गाडीमा कपिलबस्तुबाट काठमाडौं आएका ३० वर्षीय अमित कुमार गुप्तालाई प्रहरीले आज बिहान चार बजेतिर पक्राउ गरेको हो । उनी सवार गाडी चलाउने चालकलाई पनि प्रहरीले पक्रेको छ ।

उक्त गाडीबाट प्रहरीले एक करोड ४७ लाख ८६ हजार बरामद गरेको छ।

प्रदेश ३–०१–०२३ च २२५९ नम्बरको कारलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कारभित्र ३ वटा झोलामा लुकाई राखेको अवस्थामा रकम बरामद भएको थियो ।

पक्राउ पर्नेहरुमा भारत गोरखपुर बस्ने ३० वर्षीय अमित कुमार गुप्ता र कार चालक कपिलबस्तु बाँणगंगा नगरपालिका–४ बस्ने २२ वर्षीय संगम थारु रहेका छन् ।

यस घटनाबारे आज दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिने नेपाल प्रहरीको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *