अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,पुस २२ गते।
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन् ।

बुधवार धनगढीमा पत्रकार सम्मेलन गर्दै मन्त्री बोहोराले राजीनामा दिएको जानकारी दिएका हुन् ।
ओली समूहको केन्द्रीय सदस्यमा नियुक्त भएका बोहराले पदबाट राजिनामा दिएका हुन् ।
मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले पनि आर्थिक मामला तथा योजना मन्त्री झपट बहादुर बोहराले राजीनामा दिएको पुष्टि गरे ।