भक्तपुरमा आगलागी हुँदा पाँच वटा पसल जलेर नष्ट

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस २७ गते।

भक्तपुरको सूर्यबिनायकमा आगलागी हुँदा पाँच वटा पसल जलेर नष्ट भएका छन्।

सूर्यविनायकमा रहेको एक मासु पसलबाट सुरु भएको आगलागी अन्यत्र ५ वटा पसलमा फैलिँदा करिव १२ लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ । 
आइतबार राति करिब १२ बजेको समयमा सूर्यबिनायक नगरपालिका ६ पाण्डुबजारस्थित जस्ताको टहरामा भोज बहादुर घिसिङले संचालन गरेको मासु पसलबाट आगलागी सुरु भएको थियो ।

अचानक बिजुलीको तार सर्ट भई आगोलागी भएको जनाइएको छ। आगोलागी भई नजिकैको अन्य पसलहरुमा समेत सल्किन जाँदा अदाजी १२ लाख साठी हजार बराबरको धनमाल जलि नष्ट भएको अनुमान गरिएको छ। आगलागीबाट मानवीय क्षति भने हुन पाएन

घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *