नागढुंगाबाट स्रोत नखुलेको रकमसहित एकजना पक्राउ

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस २८ गते।

स्रोत नखुलेको रकमसहित एकजनालाई महानगरीय प्रहरी प्रभाग नागढुंगाले पक्राउ गरेको छ ।

काठमाडौंको नागढुं‌गाबाट स्रोत नखुलेको ३७ लाख रुपैयाँसहित चितवनको माडी नगरपालिका–६ का रामकुमार गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ९१३९ नम्बरको हाइस गाडी चेकजाँच गर्ने क्रममा उनले बोकेको झोलाबाट स्रोत नखुलेको नगद ३७ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । उनको साथबाट ७ लाख ११ हजार रुपैयाँ लेखिएको ग्लोबल आईएमई बैंकको १ थान चेक र हस्ताक्षर भएको तर नगद उल्लेख नभएको १ थान चेक समेत बरामद भएको प्रहरीले जनाएको छ ।

गुरुङलाई नियन्त्रणमा लिएर बरामद भएको रकम र चेकका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *