अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता, माघ १८ गते।
पर्सा प्रहरीले अवैधरुपमा भारतवाट नेपाल भित्रायाउदै गरेको भारी मात्रामा कुखुराको चल्ला नियन्त्रणमा लिएको छ।
कुखुराको चल्ला तस्करहरुले भारतवाट अवैध तरिकाले नेपाल भित्रायाउदै गरेको अवस्थामा पर्सा प्रहरीको क्राईम टोलीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्सामा रहेको क्राईम टोलीले शनिवार बिहान पर्साको तिलावे पुल नजिकवाट बिशेष सूचनाको आधारमा भारतवाट नेपाल भित्राउदै गरेको अवस्थामा ४ हजार कुखुराको चल्ला सहित तस्करलाइ पक्राउ गरेको हो।
भारतवाट अवैध तरिकाले ल्याउदै गरेको कुखुराको चल्ला पर्सा प्रहरीले बरामद गरि नष्ट गरेको छ।
पर्सा जिल्लाको भिस्वा र सबैठवा नाकावाट अवैध कुखुराको चल्लाको तस्करी भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साको क्राईम ब्रान्च प्रहरीले सुचना पाएपछि सोहि सूचनाको आधारमा भारतवाट अवैध तरिकाले नेपाल तर्फ ल्याउदै गरेको भारतिय ४ हजार कुखराको चल्ला सहित तस्करलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।
पर्सा प्रहरीले पक्राउ गरेको कुखुराको चल्ला पशु क्वाईरनटाईनको रोहबरमा नष्ट गरेको हो।
भारतको विभिन्न प्रदेशहरुमा कुखुराको बर्डफ्लु रोग देखीएपछि पर्सा प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे नेपाल र भारत संग जोडिएको नाकाहरुमा प्रहरीको निगरानी बढाएको छ।