आइतवारदेखि मंगलवारसम्म जनकपुरधामका सबै विद्यालय बन्द गर्ने जनकपुरधाम उपमहानगरपालिकाको निर्णय

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,माघ १८ गते।

तराई मधेशमा जाडो बढेसँगै जनकपुरधाम उपमहानगरपालिकाले तीन दिनकालागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

केही दिनदेखि शीतलहर बढेपछि विद्यार्थीहरुलाई विद्यालय जानमा समस्या हुन थालेपछि उपमहानगरपालिकाले एक सूचना जारी गर्दै तीन दिनकालागि विद्यालयमा विदा दिने निर्णय गरेको जनाएको छ ।

आइतवारदेखि मंगलवारसम्म उपमहानगरपालिकाले विदा दिएको शिक्षा शाखा प्रमुख मेहिलाल यादवले जानकारी दिए ।

अगामी बुधवारदेखि सबै विद्यालय नियमित रुपमै संचालन हुने उनले बताए ।

जाडोको समयमा बालबालिकाहरु सबै भन्दा बढ़ी प्रभावित हुने भएकोले नगरपालिका भित्र रहेका निजी तथा सामुदायिक सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *