अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ १८ गते।
नेपालगन्जको तापक्रम घट्दै गएपछि तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।
शीतलहर र हुस्सुले गर्दा चिसो धेरै बढेपछि बालबालिकालाई प्रभाव पर्ने हुँदा सोमवारदेखि बुधवारसम्म तीन दिनका लागि विद्यालय बन्द गर्ने नेपालगञ्ज उपमहानगरको शिक्षा शाखाले निर्णय गरेको छ ।

बुधबारसम्म पनि मौसममा सुधार नआए शुक्रबारसम्म नै विद्यालय बन्द गर्न उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले विद्यालयहरुलाई पत्राचार गरेको छ ।
चिसोका कारण जनजीवन अत्याधिक प्रभावित बनेको छ । शित लहर चलेर चिसो बढेपछि बजारमा मानिसको आवागमन घटेको हो । शितलहर र चिसोबाट सबैभन्दा बढी रिक्सा चालक, ठेला चालक र मजदुरहरु प्रभावित भएका छन् । बालबालिका र बृद्धबृद्धाहरुलाई पनि यसले प्रभाव पारेको छ ।