प्रदेश नं. १ को प्रदेशसभा बैठक २५ गते बस्ने

अनलाईन न्युजपाटी बिराटनगर,समाचारदाता,माघ १९ गते।

अनिश्चित कालको लागि स्थगित भएको प्रदेश १ को प्रदेशसभा बैठक माघ २५ गते बस्ने भएको छ ।

प्रदेशसभा सचिबालयले आइतबार सूचना जारी गर्दै २५ गते २ बजे बैठक बस्ने जानकारी दिएको हो । 

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्तापछि मुख्यमन्त्रीलाई नेकपाका बहुमत सांसदले दलको नेताबाट हटाएको र मुख्यमन्त्रीले अविश्वास प्रस्ताव दर्ता गर्ने १६ जना सांसदलाई निलम्बन गरेको अवस्थामा प्रदेशसभा बैठक आह्वान भएको प्रदेश प्रमुखको पत्र सभामुखले पढेर सुनाएपछि बैठक स्थगित भएको थियो । 

स्थगित बैठक सभामुखले २५ गतेको लागि आह्वान गरिएको प्रदेशसभा सचिव गोपाल पराजुलीले जानकारी दिए । अविश्वास प्रस्ताव दर्ता भएको अवस्थामा प्रदेशसभाको बैठक लामो समय स्थगित भएको भन्दै प्रस्ताव दर्ता गर्ने सांसदहरुले तत्काल बैठक सुरु गर्न माग गरेका थिए । प्रदेशसभाको अबको बैठकमा मुख्यमन्त्री विरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव अगाडि बढ्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *