पश्चिम नवलपरासीमा ५ वटा चोरीका मोटरसाईकल सहित ५ जना पक्राउ

अनलाईन न्युजपाटी उर्मिला यादव नवलपरासी,समाचारदाता,माघ २४ गते।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले ५ वटा चोरीका मोटरसाईकल सहित ५ जनालाइ पक्राउ गरेको छ । प्रहरीका अनुसार चोरीका मोटरसाईकल सहित चोरी कारोवारमा संलग्न ५ जना बर्दघाट तथा रामग्राम नगरपालिकाबाट पक्राउ परेका हुन ।

बिहीबार चेकजाँच गर्ने क्रममा मोटरसाईकलसंग प्रमाण लाग्ने कुनै पनि कागजपत्र नभएका कारण रामग्राम नगरपालिका वडा नंम्बर १४ बाट २ जना चालक सहित २ वटा मोटर साइकल र बर्दघाट नगरपालिका वर्डा नम्बर १२ र १४ बाट १ र १ जना चालक सहित ३ वटा गरी ५ वटा मोटरसाईकल सहित ५ जना चालकलाइ इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

बरामद गरिएका मोटरसाईकलहरु प्रदेश नं. ५ लु ६४ प ६३५७ नम्बरको बुलेट मोटरसाईकल, अन टेस्ट रोयल इन फिल्ड मोटरसाईकल, लु४०प ८९११ नम्बरको  सुपरस्पेलेन्डर  मोटरसाईकल, लु ४० प ८२७७ नम्बरको एफ जेड मोटरसाईकल र लु १५ प ६१४८ नम्बरको डुलुक्स मोटरसाईकल रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तीहरु विरुद्ध चोरी मुद्धामा मुद्धा दर्ता गरी थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *