नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा आज तेस्रो चरणको विरोध प्रदर्शन गर्दै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ २४ गते।

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा आज तेस्रो चरणको विरोध प्रदर्शन गर्दैछ ।

कांग्रेसका शुभेच्छुक संस्थाहरूले शनिबार देशभर विरोध प्रर्दशन गर्न लागेको सह–महामन्त्री डा.प्रकाश शरण महतले जानकारी दिएका छन् । ओलीको असंवैधानिक कदमविरुद्ध ७७ जिल्लामा विरोध प्रर्दशन गर्न लागेको डा.महतले बताए ।

नेपाल ट्रेड यूनियन कांग्रेससहित १८ शुभेच्छुक संस्थाले विरोध प्रर्दशन गर्नेछन् । शनिबार मध्यान्ह १२ बजे देखि १२:३० बजेसम्म देशका ७७ वटै जिल्लामा मानव साङ्लोसहित प्रर्दशन गरिने डा.महतले बताए ।

कांग्रेसले तेस्रो चरणको आन्दोलनअन्तर्गत नै २४ माघमा शुभेच्छुक संस्थाको नेतृत्वमा र ३० माघमा सबै जिल्लामा स्थानीय पार्टी तहकै नेतृत्वमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।

कांग्रेसले यसअघि पुस १३, पुस २५, माघ ३, माघ ८ र माघ १९ गते विरोध कार्यक्रम गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *