अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ २४ गते।
सिन्धुलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
३३ जना घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ । जिल्लाको हरिहरपुरगढी गाउँपालिका ५ सिमसारपाखा स्थित मदन भण्डारी लोकमार्गमा ना ५ त ५३५६ नम्बरको ट्याक्टर दुर्घटनाहुँदा मरिण गाउँपालिका- २ सिन्धुलीका वर्ष २५ का प्रताप लोको मृत्यु भएको हो । उनको काठमाण्डौंस्थित ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्याक्टर अनियन्त्रित भई सडकमा पल्टिँदा एक जनाले ज्यान गुमाएको हो।
उनीहरूमध्ये पाँच जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ।
ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।