अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता, माघ २५ गते।
जिल्ला प्रहरी कार्यालय पर्साले बहुदरमाईको बिश्रामपुरवाट लागूऔषध चरेससहित एकजनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सुचनाको आधारमा पर्साको बहुदरमाई वडा नम्बर ७ बिश्रामपुर बस्ने बर्ष ६० को मुस्लिम देवानले अवैध लागूऔषध बिक्री वितरण गर्नाको लागि घरमा लुकाई छिपाइ राखेको प्रहरीलाई सुचना पाए पछि निजको घरलाई खानतलासी गर्दे कोठा भित्र रहेको खाट मुनि ९ केजी २० ग्राम चरेश सहित चरेश पेल्ने मेशिन ३ थान बरामद गरेको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जानकारी दिनुभयो।
उक्त पक्राउ परेको चरेश ५०० ग्रामको १२ पोका २५० ग्रामको पोका गरि ९ किलो २० ग्राम रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेको अवैध चरेश र मेशिन सहित देवानलाई नियन्त्रण राखि थपअनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।