अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, माघ २७ गते।
म्यानमारमा सैन्य कूविरुद्ध प्रदर्शन सुरु भएको तीन दिन बितिसकेको छ । केही युवा प्रदर्शनकारीले यस्ता ब्यानर बोकेका छन् जुन देशको पारम्परिक विरोध सन्देशभन्दा भिन्न छन् ।
देशमा स्थिरताका लागि अहिलेको प्रदर्शन र विरोध बाधक हुने म्यानमारको सेनाको ठहर छ । सेनाले विज्ञप्तिमार्फत देशभरि भइरहेका प्रदर्शन र विरोधप्रति ध्यानाकर्षण भएको भन्दै संयमता अपनाउन आग्रह गरेको हो । सेनाले सत्ता हातमा लिएको विरोधमा म्यानमारमा देशभर प्रदर्शन भइरहेको छ ।
म्यानमारको सेनाले स्थिरता, सार्वजनिक सुरक्षा र कानुनको पालना सुनिश्चित गर्न पनि सबैसँग आग्रह गरेको छ । प्रदर्शनकारीले स्टेट काउन्सीलर तथा चर्चित प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलगायतका नेताहरूलाई तत्काल रिहा गर्न माग गरेका छन् ।