प्रचण्ड–नेपाल समुहले राजधानी काठमाडौंमा आज दोस्रोपटक शक्ति प्रदर्शन गर्ने

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ २८ गते।

संसद विघटनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समुहले राजधानी काठमाडौंमा दोस्रोपटक शक्ति प्रदर्शन गर्ने भएको छ ।

भृकुटीमण्डपमा हुने विरोधसभालाई अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

असंवैधानिक कदम सच्याउनुपर्ने माग गर्दै आन्दोलनरत प्रचण्ड–नेपाल समुहले सरकारविरुद्ध आज दोस्रोपटक शक्ति प्रदर्शन गर्न लागेको हो ।

विरोधसभा अघि पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निस्किने छन् । ती जुलुसको शीर्ष नेताहरुले नेतृत्व गर्नेछन् ।  मुख्य र्‍याली भने सुनधाराबाट सुरु हुनेछ । भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने जुलुसको नेतृत्व गर्न प्रचण्ड-माधवले गर्नेछन् ।

विरोधसभामा सहभागी गराउन विभिन्न जिल्लाबाट कार्यकर्ताहरुलाई काठमाडौंमा ओसारिएको छ । विरोधसभामा दुई लाख कार्यकर्तालाई उतार्ने दाबी सो समूहले गरेको छ । संसद् विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको यो समूहले आजको जनप्रदर्शन निर्णायक हुने दाबीसमेत गरेको छ ।

यसअघि प्रचण्ड-माधव समूहले पुस १४ र माघ ९ मा पनि काठमाडौं जनप्रदर्शनसहित विरोधसभा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *