यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) केन्द्रीय स्तरबाटै हुने

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ २८ गते।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) केन्द्रीय स्तरबाटै हुने भएको छ ।

गत वर्ष कोभिड–१९ को महामारीका कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरिएको थियो ।

२६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले यस वर्षको एसईई केन्द्रीयस्तरबाटै गर्ने निर्णय गरेको हो ।

विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा माध्यमिक शिक्षा (कक्षा १०) को एसईई परीक्षा सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी राष्ट्रिय परीक्षा बोर्डले साविक बमोजिम परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने प्रबन्ध मिलाउने’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *