प्रचण्ड–माधव समूहले आयोजना गर्न लागेको विरोध प्रदर्शनका कारण काठमाडौंको सवारी आवागमन प्रभावित

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ २८ गते।

प्रचण्ड–माधव समूहले आयोजना गर्न लागेको विरोध प्रदर्शनका कारण काठमाडौंको सवारी आवागमन प्रभावित हुने भएको छ । ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीका अनुसार रिङरोडभित्र सार्वजनिक गाडी प्रभावित हुने छ ।

ठूला गाडीहरुलाई चक्रपथभित्र प्रवेश गर्न पूर्णरुपमा रोक लगाइएको छ । ठूला गाडीहरुलाई चक्रपथ वरिपरि नै रोकिएको छ ।

कालीमाटी, थापाथली, लैनचौर, रत्नपार्क, पुतलीसडक क्षेत्रतिर आउने साना गाडीहरुलाई पनि डाइभर्सन गरिएको छ । वैकल्पिक सडकमा पनि सवारी साधनहरुको जाम सुरु भएको छ ।

जुलुस सकिएर सभामा परिणत भएपछि भने यातायात आवागमन केही सहज हुन सक्ने उनको अनुमान छ ।

यातायात आवागमनलाई सहज बनाउने प्रयासमा ट्राफिक प्रहरीका सबै जनशक्ति बिहानैदेखि सडकमा उतारिएको छ ।

ट्राफिक प्रहरी प्रवक्ता अधिकारीले भने, ‘ट्राफिक प्रहरीको जनशक्ति १५ सय हो, ती सबैलाई बिहानैदेखि परिचालन गरिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *