सोनाम ल्होसार पर्वको अवसरमा यहि माघ ३० गते सार्वजानिक विदा दिने सरकारको निर्णय

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ २८ गते।

यही माघ ३० गते सोनाम ल्होसार पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

मन्त्रिपरिषद्को यही माघ २६ गतेको निर्णयअनुसार उक्त दिन सार्वजनिक बिदा दिइएको गृहमन्त्रालयले जनाएको छ । 

२०५१ सालदेखि ल्होसारको अवसरमा दिईँदै आएको विदा ओली नेतृत्वकै सरकारले ३ वर्ष अघि कटौती गरेको थियो।

तामाङ समुदायको नेतृत्व गर्ने नेपाल तामाङ घेदुङको बारम्बारको आग्रहपछि २६ गते बसेको मन्त्रिपरिषदको विदा पुनः दिने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री दावा तामाङले जानकारी दिए। यो वर्ष तामाङ समुदायले २०५७ सोनाम ल्होछार अर्थात नयाँ वर्ष मनाउँदैछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *