भागरथी हत्या घटनाका दोषीलाई चाँडै पक्राउ गरेर कानूनी कारबाहीको माग गर्दै विद्यार्थीद्धारा धनगढीमा प्रदर्शन

अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,माघ २९ गते।

आँखामा कालो पट्टी बाधेर धनगढीमा भागरथी भट्ट हत्या घटनाका दोषीलाई चाँडै पक्राउ गरेर कानूनी कारबाहीको माग गर्दै विद्यार्थीले प्रदर्शन गरेका छन् । बिहीबार विहान एश्वर्या विद्या निकेतनका बिधार्थीले प्रर्दशन गरेका छन् ।  

‘भागरथीलाई न्याय दे,महिलामाथीको हिंसा बन्द गर, ढिलो नहोस, चाँडै न्याय पाइयोस । स्टप रेप, प्रशासन स्वच्छ र निष्पक्ष रहोस’, नारा लेखिएको ब्यानर सहित विद्यालयबाट सुरु भएको विद्यार्थीको रर्याली मुख्यमन्त्री कार्यलय अगाडी पुगेको  छ।

मुख्यमन्त्री कार्यलयको मूल गेटमा विद्यार्थीले भागरथीलाई न्यायको माग गर्दै नाराबाजी सहित प्रदर्शन गरेका थिए । धनगढी बिधार्थीहरुले भागरथीको न्यायका लागि प्रदर्शन गरिरहेका छन् ।

बिहीबार स्थानीय लवलेक सामुदायिक वनमा अवस्थामा शव फेला परेको थियो । भागरथीको बलात्कारपछि हत्या भएको सोमबार पोष्टमार्टम रिपोर्टबाट पुष्टि भएको छ । 

घटना भएको आठ दिनपुगे पनि दोषीलाई पक्राउ गर्न सकिएको छैन । तर, हालसम्म सफलता प्राप्त गर्न सकेको छैन । घटनाका दोषी पक्राउ नपर्दासम्म मृतकका परिवारले शव नबुझने अडान लिएका छन् । प्रहरी टोली घटनाबारे गम्भीर ढङ्गले अनुसन्धान गरिरहेको भएपनि अपराधी पक्राउ पर्न सकेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *