कैलालीमा बाघको आक्रमणमा परी एक जना गम्भीर घाइते

अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,माघ ३० गते।

बाघको आक्रमणमा परी कैलालीको कैलारी गाउँपालिका–८ स्थित दुधियाको वनमा एक जना गम्भीर घाइते भएका छन ।

आज विहान करिब ७ बजेतिर दुधियाकै दुर्गा चौधरीलाई बाघले आक्रमण गरेको हो । सडकमा हिड्दै गर्दा गरेका उनलाई बाघले झम्टेर वनभित्र लगेको थियो । स्थानीयका अनुसार यात्रु बोकेर बनकन्द्रीतर्फ जाँदै गरेका अटो चालक र त्यसमा बसेका यात्रुले बाघले मान्छेलाई झम्टेको देखेपछि दुधियावासीलाई बोलाएका थिए । गाउँवासी पुग्दा घाइते चौधरीकै छेउमा बाघ बसेको थियो । बाघलाई धपाएर चौधरीको ज्यान जोगाएको जनाएका छन् । 

बाघले पछाडिबाट चौधरीको पिठ्यु र टाउकोमा पञ्जा मारेको भीष्म चौधरीले जानकारी दिए ।

बाघको आक्रमणमा परि गम्भीर चौधरीको उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *