५ लाख मूल्य बराबरको विदेशी घडीसहित एक व्यक्ति रौतहटबाट पक्राउ

अनलाईन न्युजपाटी रौतहट,समाचारदाता,फागुन ५ गते।

२५ लाख मूल्य बराबरको विदेशी घडीसहित एक व्यक्तिलाई सशस्त्र प्रहरीले रौतहटबाट पक्राउ गरेको छ ।

गौर नपा ५ पोखरियाका १९ वर्षीय निजामुदिन खानलाई मंगलबार साँझ ७ बजे पक्राउ गरेको हो ।

ना ३९ प ६७८३ नम्बरको स्पलेण्डर मोटरसाइकलमा भारतबाट नेपाल आउने क्रममा शंका लागेर खानमाथि चेकजाँच गर्दा १४ थान घडी बरामद भएको बरामद  उनले बताए ।

घडीको मूल्य २४ लाख ६३ हजार ३ सय र मोटरसाइकलको मूल्य ७५ हजार गरी कूल २५ लाख ४८ हजार ३ सय रुपैयाँ पर्न जान्छ । खानलाई कार्वाहीको लागि आज जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *