प्रधानमन्त्री केपी शर्मा ओली आज सर्वोच्च अदालत जाँदै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन ६ गते।

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार (आज) सर्वोच्च अदालत जाने भएका छन् ।

अवहेलना मुद्दामा जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओली आज सर्वोच्च अदालमा उपस्थित हुने भएका छन् ।

नेकपा ओली समूहका एक नेताले प्रधानमन्त्री ओली आज अदालत जान लागेको बताइएको छ । ती नेताका अनुसार प्रधानमन्त्री ओली कति बजे अदालतमा उपस्थित हुँदैछन् भन्ने बारेमा निश्चित समय तय भइसकेको छैन ।

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल भनेको र बहसलाई तमासा भनेपछि प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो ।

उक्त मुद्दामा गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्रीलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *