अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,फागुन ६ गते।
कैलालीमा ट्रकको ठक्करबाट मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ती दिनुपर्ने र दोषीलाई कारबाहीको माग राखेर स्थानीयले पूर्व पश्चिम राजमार्गको लम्की खण्ड अवरुद्ध गरेका छन् ।
बुधवार दिउँसो ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजाने क्रममा मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन् ।
बुधवार पूर्वबाट पश्चिम जाँदै गरेको ना ५ ख ८४०६ नम्बरको ट्रकले लु ७८ प ३९०५ को नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते लम्कीचुहाका दिनेस चौधरीको उपचारको क्रममा बुधबारनै मृत्यु भएको थियो ।
घाइते चन्द्रा चौधरीको पनि बुधवार साँझनै उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
त्यसपछि स्थानीयले पूर्व पश्चिम राजमार्गको लम्की खण्ड अवरुद्ध गरेका छन् ।