अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन ८ गते।
प्रधानमन्त्री ओली पक्षधर नेकपाले विराटनगरमा आयोजना गरेको आमसभामा सहभागी हुन र पार्टी अध्यक्ष प्रधानमन्त्री ओलीको विचार सुन्न आउनेहरुको चपहपहल बिहानैदेखि बढेको हो ।
प्रतिनिधि सभाको विघटनपछि नेकपाकै प्रचण्ड-नेपाल समूह, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका साथै नागरिक समाजले ओलीको कदम असंवैधानिक भएको भन्दै व्यापक प्रदर्शन गरिरहेको अवस्थामा जवाफस्वरुप ओली समुहले पनि आमसभा गर्दै आएको छ । त्यही सिलसिलामा आज विराटनगरमा प्रदर्शन एवं सभा गरिन लागेको हो ।
असंवैधानिक कदम सच्याउन चरम दबाव रहेका बेला आफ्नो पक्षमा विशाल जनमत देखाउन भन्दै ओली समुहको नेकपाले यसअघि काठमाडौं, कैलाली र बुटवलमा प्रदर्शन गरिसकेको छ । आज विराटनगरमा आयोजना हुने विशाल आमसभामा दुई लाख कार्यकर्ता उतार्ने लक्ष्य रहेको ओली समुहका नेताहरुले दाबी गरेका छन् ।