अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन १८ गते।
भारतको नयाँ दिल्ली गएका पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई आज फर्किने भएका छन् ।
उनी नेपाल एयरलाइन्सको दिल्ली-काठमाडौँ उडानमार्फत आजव स्वदेश फर्किन लागेको उनको सचिवालयले जनाएको छ ।
उनी दिउँसो २ बजे दिल्लीबाट काठमाडौं प्रस्थान गर्ने सचिवालयले जनाएको छ ।
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईको दिल्लीस्थित यकृत एवंम पित्त विज्ञान संस्थानमा परीक्षण गरिएको थियो ।
न्युरो इन्डोक्राइन ट्युमरको शंका गरिएकोमा उनलाई ट्युमर क्यान्सर नभएको पुष्टि भएको छ ।
चिकित्सकहरुले उनको ट्युमर केही महिनामा नै शल्यक्रिया गरि फाल्नु पर्ने सुझाव दिएका छन् ।