अनलाईन न्युजपाटी कैलाली,समाचारदाता,फागुन २१ गते।
कञ्चनपुरमा प्रहरी र तस्करबिचको दोहोरो भिडन्तमा गोलि चल्दा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा भारतको पिलिभित चार बुहानका २५ वर्षीय गोबिन्द सिंह रहेका छन् ।
इलाका प्रहरी कार्यालयको टोलीले सीमा क्षेत्रमा गस्ती गरिरहँदा चार जनाको समूहले आक्रमण गरेको थियो । जवाफी फायरिङमा एक जना घाइते भए भने तीन जना भागे ।
भारतीय तस्करबाट नेपालमा लागूऔषध ल्याउन लागेको विशेष सूचनाको आधारमा त्यसतर्फ नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक उमा प्रसाद चतुरबेदीले भने, ‘हाम्रो टोली सीमा क्षेत्रमा पुग्दा भारतीय तस्करले गोली चलाएको हुनाले जवाफी कारबाहीमा गोली चलाउदा एक भारतीय तस्करको मृत्यु भएको छ ।’
दोहोरो गोली हानाहानमा नेपाल प्रहरीतर्फ समेत एक जना घाइते भएका छन् । प्रहरीले घटना स्थलबाट लागूऔषध र नक्कली नोट बनाउने मेसिन समेत बरामद गरेको छ ।
बिहीबार साँझ करिब साढे ६ बजेतिर उक्त घटना भएको थियो। अहिले मृतकको शव बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।