न्युजिल्यान्डमा ७.२ म्याग्नेच्युडको शक्तिशाली भूकम्पको झट्का

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, फागुन २१ गते।

न्युजिल्यान्डमा ७.२ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पको केन्द्रविन्दु जिस्बन शहरबाट करिब १ सय ७८ किलोमिटर टाढाको जमिनको गहिराइमा परेको जनाएको छ ।

पूर्वी तटमा सुनामीको खतरा रहेको भन्दै सुरक्षित रहन सर्वसाधारणलाई अपील गरेको हो । सो क्षेत्रमा सुनामीको चेतावनी दिएसँगै सर्वसाधारण सुरक्षित स्थानतर्फ जान थालेको बताइएको छ ।

भूकम्पका कारण न्यू क्यालेन्डोनिया र भानुआटुको दक्षिणी क्षेत्रमा पानीको छाल र सतह बढेको बताइएको छ । सो क्षेत्रमा १० फिटभन्दा माथिसम्म पानीका छालहरु आएकाले थप क्षति हुन नदिन स्थानीय प्रशासनले सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ लैजान थालेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *