काठमाडौंको नागढुंगा चेकप्वाइन्टबाट २२ तोला सुनको सिक्रीसहित एकजना पक्राउ

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन २१ गते।

काठमाडौंको नागढुंगा चेकप्वाइन्टबाट २२ तोला सुनको सिक्रीसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक तापस सस्माल रहेका छन् । ठेगाना भने नखुलेको प्रहरीले जनाएको छ । ना १ ज ७९२१ नम्बरको टाटा सुमो गाडी चेकजाँच गर्ने क्रममा त्यसमा सवार तापस सस्मालको साथबाट २२ तोला ३२ लाल तौलका २४ थान सिक्री फेला परेपछि सामानसहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । तापसको झोला चेकजाँच गर्ने क्रममा सुनको सिक्रीको बिल भर्पाई नभएको प्रहरीको भनाइ छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *