गंगा दशहरा आज, के छ यसको महत्व ?

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, जेठ १२ गते

जेष्ठ शुक्ल दशमी अर्थात् गंगा दशहरा पर्व।  सनातन धर्ममा गंगा नदीले पृथ्वीमा अवतरण गरेको दिनको रूपमा यसको महत्त्व छ।

पौराणिक मान्यताअनुसार यस दिन गंगा स्नान गर्नाले विशेष फल प्राप्त हुन्छ तसर्थ यस दिन गंगा वा अन्य कुनै पवित्र नदी एवं तलाउको पूजा अर्चनाका साथ भगवान् शिवलाई जलाभिषेक गरिन्छ ।

यस दिनको दान तथा उपवासको विशेष महत्व छ । दस प्रकारकाा पापको नाश हुने भएका कारण यस दिनलाई दशहरा भनिएको हो ।

यो वर्ष जेठ महिनामा अधिक मास परेको छ । जुन वर्ष जेठ महिनामा अधिक मास पर्छ त्यो वर्ष अधिक मासमै गंगा दशहरा पर्व मनाइन्छ न कि शुद्ध जेठ महिनामा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *