पर्सा प्रहरीद्धारा खैरो हेरोईन सहित एकजना बालक पक्राउ

अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता, चैत ६ गते।

जिल्ला प्रहरी कार्यालय पर्साले खैरो हेरोइन (ब्राउन सुगर) एक १७ वर्षीय बालक पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सावाट  खटेको लागूऔषध नियन्त्रण ब्युरो वीरगञ्जको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ पावर हाउस चोक नजिकैबाट ब्राउन सुगरसहित बालकलाई पक्राउ गरेको हो ।

बालकको साथबाट प्रहरीले ६ वटा सेतो प्लाष्टिकको पोका भित्र लुकाईछिपाई राखिएको ३० ग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

बालकलाई नियन्त्रणमा लिएर पर्सा जिल्ला अदालतबाट ५ दिने म्याद थप गराई  अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *