अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत ६ गते।
धादिङमा डोजरको ठक्करबाट घाइते भएकी महिलालाई खाल्डोमा पुरेर फरार डोजर चालक १८ दिन पछि पक्राउ परेका छन्।
डोजरको ठक्करबाट घाइते भएकी महिलालाई माटोले पुरेर हत्या गर्ने सल्यान छायाक्षेत्र छत्रेश्वरी गाउँपालिका–६ रानागाउका २२ वर्षीय जीवन भन्ने भीम बहादुर बुढाथोकीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो।
खोल्सी जिपजिपेमा १७ फागुनमा भएको घटनामा घाँस बोकेर घरतिर फर्किँदै गरेकी ४५ वर्षीया सरस्वती कुमाल खाल्डोमा खसेकी थिइन् । तर, चालक बुढाथोकीले उद्दार गर्नु साटो खाल्डोमा वरिपरीको माटो ल्याएर पुरिदिएका थिए ।
घटनापछि स्थानीयवासीले डोजरमा ढुंगामुढा र आगजनी गरेका थिए ।