अनलाईन न्युजपाटी रुपन्देही,समाचारदाता,चैत ७ गते।
रुपन्देहीका एक युवकको हत्या गरेको आरोपमा ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रुपन्देही सिदार्थ नगरपालिका–९ का घनश्याम कोइरीलाई हत्या गरी फालेको आरोपमा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा रूपन्देही सिद्धार्थनगर नगरपालिका–९ बस्ने १९ वर्षीय रहेमान अली सोही स्थानका २६ वर्षीय सुनिल गुरूङ, २८ वर्षीय मुख्तार पठान र सिद्धार्थनगर १२ बस्ने २१ वर्षीय धर्मराज अहिर रहेका छन् ।
फागुन २ गते उनीहरुले लागूऔषध सेवन गरी विवाद हुँदा कोइरीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनीहरुले कोइरीको हत्या गरी उनको शवलाई गहुँ खेतमा फालिदिएका थिए । बिहिबार बेवारिसे अवस्थामा भेटिएको शवको अनुसन्धान गर्दै जाँदा शुक्रबार ४ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
लागूऔषध सेवनपछि भएको विवादका कारण कोइरीको हत्या भएको अनुमान प्रहरीले गरेको छ ।