अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, चैत १५ गते।
चीनले नेपाललाई उपलब्ध गराउने कोरोनाभाइरस विरुद्धको खोप सोमवार नेपाल आइपुग्ने अधिकारीहरूले बताएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुदानमा दिने आठ लाख डोज खोप सोमबार नेपाल ल्याइने जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार खोप लिन चार्टर विमान आइतबार आज चीन जाँदै छ ।
सोमवार नेपाल आइपुग्ने ठानिएको उक्त खोप प्रयोगमा ल्याउन भने केही दिन लाग्नसक्ने अधिकारीहरूले सङ्केत गरेका छन्।
विश्व स्वास्थ्य सङ्गठनले चीनको उक्त खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिने अन्तिम तयारीमा रहेकाले उसको निर्णयपछि मात्र खोप लगाउन सुरु गर्ने तयारीमा अधिकारीहरू रहेको बुझिएको छ।