अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत १८ गते।
प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो साउन १ गतेदेखि लागू हुने गरेर सामाजिक सुरक्षा भत्ता बढ्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले सामाजिक सुरक्षा प्रबन्धका क्षेत्रमा थुप्रै काम गरेको दाबी गरे ।
‘सरकार बनाउने बित्तिकै पहिलो बजेटमा वृद्ध भत्ता किन बढाइएन, यो किन गरिएन, त्यो किन गरिएन भनेर धुम मच्चाइयो । गत बजेटमै बढायौं । सामाजिक सुरक्षाका प्रबन्धका क्षेत्रमा हामीले थुप्रो काम गर्यौं,’ ओलीले भने, ‘अरु पनि सामाजिक सुरक्षाका कामहरु गर्दै जान्छौं । अब पनि साउन १ गतेबाट लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढ्छ नै ।’
नेपाललाई समृद्ध बनाउने अभियानमा आफूहरू लागिरहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।