आईपीएल अन्तर्गत गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलोर विजयी

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,बैसाख २ गते।

आईपीएल अन्तर्गत गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलोर विजयी भएको छ  । 

चेन्नईमा भएको खेलमा सनराइजर्स हैदराबादलाई ६ रनले हराउँदै बेंगलोरले लगातार दोस्रो जित निकालेको हो । बेंगलोरले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । जितसँगै बेंगलोर लिगको शीर्ष स्थानमा उक्लिएको छ । बेंगलोरले २ खेलमा ४ अङ्क जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *