अनलाईन न्युजपाटी चुडामणि उप्रेती ,हेटौडा,समाचारदाता,बैसाख ३ गते।
हेटौंडा उपमहानगरपालिका वडा नं ६ चौघडा ,पुतलीबजारमा नावालिकालाई जबरजस्ती करणी गर्ने खोज्ने एक युवक पक्राउ परेका छन् ।
बुधबार राति हेटौंडा-६ र ७ को सिमानामा रहेको खहरेको बगरमा नावालिकालाई सामुहिक करणी गरेको आरोपमा हेटौंडा-६ डेरा गरी बस्ने बिरगंज-२३ घर भएका २१ वर्षीय बिशाल पासवान पक्राउ परेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताएका छन ।
उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो। पासवानलाई रातिनै नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।